Kath khabar
गर्मीमा लामो समयसम्म मेकअप कसरी टिकाउने ?


                         काठमाडौं, जेठ २० । गर्मी मौसममा महिलाहरूले मेकअपमा विशेष ध्यान दिनु पर्दछ । किनभने गर्मी घाम र पसिनाले गर्दा मेकअपलाई टिकाउन कठिन हुन्छ । गर्मी मौसममा मेकअप गर्न जुनै किसिमको छालामा पनि गाह्रो हुन्छ, त्यसमाथि तैलीय छालामा झन बढी गाह्रो हुन्छ ।

तैलीय छाला भएकाहरूले चिल्लोमुक्त मोइस्चराइजर वा मेटिफाइङ प्राइमर प्रयोग गर्नुपर्छ । यसले छालाको तैलीय तत्व सुकाउँछ र मेकअपपछि राम्रो देखिन्छ । गर्मी मौसममा सिम्पल मेकअप गर्दा राम्रो हुन्छ ।

यो मौसममा मेकअप लामो समयसम्म टिकाउनको लागि सर्वप्रथम आफ्नो छालामा राम्रो आधार तयार गर्नु महत्त्वपूर्ण हुन्छ । यसका लागि सबैभन्दा पहिले छालालाई माइल्ड क्लिन्जरले सफा गर्नुहोस् र एसपीएफ भएको हल्का खालको मोइस्चराइजर लगाउनुहोस् । यसो गर्दा मेकअप एकै ठाउँमा रहन्छ । गर्मीमा ह्याभी फाउन्डेसनबाट बच्नुहोस् । टिन्टेड मोइस्चराइजर, बीबी क्रिम वा वाटर बेसमा आधारित फाउन्डेसनले छालालाई कभरेज दिनु राम्रो हुन्छ। यसका लागि तपाईंले पसिना र वाटर प्रुफ उत्पादनहरू प्रयोग गर्नुपर्छ।

मेकअप गर्दा सेटिङ् पाउडर प्रयोग गर्नुहोस् र यसलाई आफ्नो टी-जोन र पसिना आउने ठाउँहरूमा लगाउनुहोस् । यसो गर्दा अनुहारको अतिरिक्त चमक हट्छ र अनुहार तैलीय देखिदैन । यस्तो मेकअप दिनभरको लागि सेट रहनेछ । यसका साथै आफ्नो पर्समा सधैं ब्लटिंग पेपर राख्नुहोस् । ब्लटिंग पेपरले तपाईको मेकअपलाई बिग्रिन दिंदैन र र छालाबाट निस्कने चिल्लो  तथा पसिनालाई पनि बिस्तारै सोस्ने काम गर्दछ ।

सधैं लाइट आइस्याडो प्रयोग गर्नुहोस् र पीच बेस कलर मात्र छनोट गर्नुहोस् । मस्कारा छनोट गर्दा वाटरप्रुफ उत्पादन मात्र प्रयोग गर्नुहोस् । सधैं म्याट लिपस्टिक छनोट गर्नुहोस् । यो ओठमा फैलदैन । यदि तपाईले ह्याभी मेकअप गर्नुभएको छ भने, सेटिङ स्प्रे प्रयोग गर्नु राम्रो हुन्छ । यसरी तपाईको छाला दिनभर ताजा रहनेछ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update