Kath khabar
नेप्सेमा झण्डै चार अंकले गिरावट, लघुवित्त बाहेक सबै समुहको सुचक घटेर रातै

 

                     काठमाडौं, जेठ २१ । नेप्से घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से आज सोमबार तीन दशमलव ९७ अंकले घटेर दुई हजार ७९ दशमलव शुन्य सात अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५८ अंकले घटेर तीन सय ७० दशमलव शुन्य छ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय १६ वटा कम्पनीहरुको ५९ हजार दुई सय ९५ पटकको कारोबारमा ८८ लाख २० हजार एक सय २५ कित्ता शेयर किनेबच भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ४० लाख ७० हजार दुई सय ४७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये लघुवित्त समुहको सुचक एक सय छ दशमलव ७९ अंकले बढेकोमा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहहरुको सुचक घटेर राताम्मै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बुद्धभुमी नेपाल हाईड्रोपावर लिमिटेड, समृद्धि फाईनान्स लिमिटेड, मल्टीपर्पस फाईनान्स आदिको शेयर मुल्य बढेका छन् भने एनआईबिएल स्टेबल फण्ड, भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड आदिको शेयर मुल्य बढेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, मल्टीपर्पस फाईनान्स आदि परेका छन् ।  

 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update