इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटाली बन्यो युरोकप च्याम्पियन
लण्डन, असार २८ । युरो कप २०२० को फाइनल खेलमा इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटालीले उपाधि जितेको छ । पेनाल्टी सुटआउटमा इंग्ल्याण्ड इटालीसँग ३–२ गोलले पराजित भएको हो ।
खेल शुरु भएको २ मिनेटमा नै इंग्ल्याण्डका लुक शा ले गोल गर्नुभएको थियो । यता खेलको ६७ मिनेटमा इटालीका लियोनार्दो बोचुनीले बराबरी गोल फर्काउनु भएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटआउटमा इंग्ल्याण्डका ह्यारी केन र ह्यारी माग्युरले गोल गर्नुभयो भने इटालीका डोमेनीको बेरार्डी, लियोनार्दो बोचुनी र फेडेरिको बर्नार्डिचीले गोल गरेर इटालीलाई जिताउनुभयो । युरोपक जित्ने इंग्ल्याण्डको सपना चकनाचुर भयो ।
प्रकाशित मिति: सोमबार, असार २८, २०७८ १०:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय