Kath khabar
रतुवा खोलाले बगाउँदा दुईजनाको मृत्यु


                     फिक्कल (इलाम), जेठ २२ । इलामको माङ्सेबुङ गाउँपालिका–५ लारुम्बाबाट झापाको दमकतर्फ जाँदै गरेको जिप इलामको चुलाचुली गाउँपालिका–५ स्थित रतुवा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार मृतक दुवै जनाको सनाखत हुन सकेको छैन । उनीहरुको शव मदनभण्डारी राजमार्गअन्तर्गत चुलाचुली गाउँपालिका र झापाको बेलडाँगी छेउ रतुवा पुलमा फेला परेको हो ।
    
मृतकमा एक शिशु र एक महिला रहेका छन् । जिपमा कति जना सवार थिए भन्नेबारे यकीन हुन नसकेको प्रहरीले जनाएको छ ।
–––

 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update