काठमाडौं, जेठ २२ । नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार भने छ दशमलव २२ अंकले बढेर दुई हजार ८५ दशमलव ३० अंंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ९५ प्रतिशतले बढेर तीन सय ७२ दशमलव शून्य दुई अंकमा पुग्न सफल भएको छ ।
नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ५३ हजार नौं सय ९९ पटकको कारोबारमा ८३ लाख पाँच हजार सात सय ८६ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब आठ करोड ४७ लाख १५ हजार आठ सय ७७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार हुँदा जलविद्युत, सामूहिक लगानी कोष र अन्य समुहको सूचक घटेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहको सूचक पनि बढेर रातै भएका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने बुद्धभूमि नेपाल हाइड्रो पावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, युनाइटेड अजोड इन्स्योरन्स कम्पनी, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था परेको छ ।