Kath khabar
ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी लामा पक्राउ


                  काठमाडौं, जेठ २२ । ठगी सम्बन्धी कसुर मुद्दामा फरार प्रतिवादी काभ्रे तेमाल गाउँपालिका–५ घर भई ललितपुर महानगरपालिका–९ बालकुमारी बस्ने ४९ वर्षीय सिबि लामा भन्ने चन्द्र बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतबाट २०८० फागुन २० गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चितवन भरतपुरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वचर पठाइएको छ  ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update