काठमाडौं, जेठ २३ । नेप्से घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार पाँच दशमलव ५८ अंकले घटेर दुई हजार ७९ दशमलव ७१ अंकमा अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ शून्य दशमलव ४१ अंकले घटेर तीन सय ७१ दशमलव ६१ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय छ वटा कम्पनीहरुको ४९ हजार सात सय ३३ पटकको कारोबारमा ८० लाख ४२ हजार सात सय ६७ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब ९९ करोड २९ लाख ७६ हजार चार सय ९२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा फाइनान्स, लघुवित्त, उत्पादनमूलक र सामूहिक लगानी कोष समुहको सूचक बढेको छ भने लगानी समुहको सूचक स्थिर रहेको छ । यि बाहेक वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, अन्य र व्यापार समुहको सूचक घटेर रातै भएका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज भगवती हाइड्रो पावर डेभलममेन्ट कम्पनी लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था, सुपर मोदी हाइड्रोपावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने अपर लोहोरे खोला जलविद्युत लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी आदिको शेयर मूल्य घटेका छन् । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, सानिमामाई हाइड्रोपावर कम्पनी आदिको बढी रकम कारोबार भएको छ ।