Kath khabar
भारतका प्रधानमन्त्री मोदीले दिए राजीनामा


                      नयाँ दिल्ली, जेठ २३ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । बुधबार लोकसभा चुनाव २०२४ को नतिजा बाहिर आएपछि प्रधानमन्त्री नरेन्द्र मोदी र उनको मन्त्रिपरिषद्ले राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन् । राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरिसकेका छन् ।

उनले अर्को सरकार गठन नभएसम्म वर्तमान सरकारलाई निरन्तरता दिनेछन् । नयाँ सरकार गठन नभएसम्म उनी कार्यवाहक प्रधानमन्त्री रहनेछन् । नयाँ सरकारलाई लिएर एनडीए र भारत गठबन्धनबीच टग अफ युद्द चलिरहेको छ । आज साँझ एनडीए र भारत गठबन्धनको बैठक बस्दैछ ।

स्रोतका अनुसार तेलुगु देशम पार्टी (टीडीपी) र जनता दल–युनाइटेड (जेडीयू) को नेतृत्वले सरकार गठनका लागि सहयोग गर्ने सङ्केत दिएका कारण भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सरकार गठन र प्रधानमन्त्रीको शपथ ग्रहण समारोह जुन ८ का लागि तय गरिएको छ ।

बुधबार अपरान्ह् हुने गठबन्धनको बैठकपछि दुवै पार्टीले भाजपालाई औपचारिक समर्थन पत्र बुझाउने सहमति भएको बताइएको छ । भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का नवनिर्वाचित सांसदहरूको बैठक जुन ७ मा  राजधानीमा हुने र सरकार गठनका लागि छलफल हुने भाजपा स्रोतले बताएको छ ।

लोकसभा चुनावको नतिजाअनुसार भारतीय निर्वाचन आयोगले ५४३ लोकसभा निर्वाचन क्षेत्रमध्ये ५४२ को परिणाम घोषणा गरेको छ, जसमा भाजपाले २४० तथा काङ्गे्रसले ९९ सिट जितेको छ । भाजपाले सन् २०१४ को लोक सभा निर्वाचनमा २८२ सिट र सन् २०१९ मा ३०३ सीटमा बिजय भएको भाजपाले यो बर्षको निर्वाचनमा तुलनात्मकरूपमा केही कम सीट ल्याएको हो ।

अर्कोतर्फ, काङ्ग्रेसले सन् २०१९ मा ५२ र सन् २०२४ मा ४४ सिटको तुलनामा ९९ सिट ल्याई संसद्मा प्रतिपक्षीको उपस्थितिलाई बलियो बनाएको छ । कडा प्रतिस्पर्धाबीच भएको निर्वाचनमा भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) समूहले २३० भन्दा बढी सीट ल्याउन सफल भएको छ ।  
– - -

 

 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update