भरतपुर, जेठ २४ । चितवनको भरतपुर -१० स्थित अर्किड मा वि ले ५२ औं विश्व वातावरण दिवस विविध कार्यक्रम आयोजना गरी मनाएको छ ।
५२औं विश्व वातावरण दिवसको अवसरमा "हाम्रो भूमि हाम्रो भविष्य" भन्ने नारालाई आत्मसात गर्दै सदा झै यस वर्ष पनि सम्पदा सरसफाई कार्यक्रमलाई निरन्तरता दिइएको शिक्षिका सावित्री क्षेत्रीले बताउनु भयो । जस अनुसार भरतपुर क्षेत्रका मठमन्दिर वरपर विद्यार्थीको सहभागितामा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो।
वातावरण दिवसलाई नै सारपूर्ण रूपमा मनाउन साना बालबालिकाहरूद्वारा विद्यालय परिसरभित्र फुलका बिरुवा लगायत अन्य बिरुवासहित वृक्षारोपण कार्यक्रम पनि गरिएको शिक्षिका प्रतीक्षा पनेरूले जानकारी दिनुभयो। योसँगै कार्यक्रमलाई सहभागितमूलक बनाउन, पोस्टर प्रदर्शनी प्रतियोगिता, खेर गएका वस्तुको विवेकपूर्ण प्रयोगका लागि 'जन्क आर्ट' प्रतियोगिता पनि गरिएको थियो।
प्रतियोगितात्मक धारमा गरिएको कार्यक्रमले प्रतिस्पर्धा र रोचकतासँगै वातावरण संरक्षणमा रचनात्मक सचेतता वृद्धि हुने अपेक्षा विद्यालयले लिएको श्रेष्ठले बताउनु भयो।
विश्व साइकल दिवसको अवसरमा साइकल र्याली सम्पन्न
यस्तै, कार्यक्रमको पूर्वसन्ध्या पारी यस विद्यालयले जुन ३ को दिन विश्व साइकल दिवसको अवसरमा साइकल र्याली आयोजना गरेको थियो । "साइकलद्वारा स्वास्थ्य, समता र दिगोपन प्रवर्द्धन गरौ" भन्ने नारालाई अनुसरण गर्दै शिक्षक, विद्यार्थीको व्यापक सहभागितामा उक्त दिन साइकल र्याली सम्पन्न भएको कार्यक्रम संयोजक एवं शिक्षिका प्रतीक्षा श्रेष्ठले जानकारी दिनुभयो ।