काठमाडौं, जेठ २४ । नेप्सेमा गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से एक दशमलव ९३ अंकले घटेर दुई हजार ७७ दशमलव ७८ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स एक दशमलव २७ अंकले घटेर तीन सय ७० दशमलव ३४ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरुको ५९ हजार छ सय ५० पटकको कारोबारमा ८८ लाख १३ हजार तीन सय ७४ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार सात सय २० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा जलविद्युत, लघुवित्त, होटल तथा पर्यटन, लगानी र व्यापार समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, सामूहिक लगानी कोष र अन्य समुहको सूचक पनि घटेर रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज इर्मर्जिङ नेपाल लिमिटेड, सुपरमादी हाइड्रोपावर लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने माईखोला हाइड्रोपावर लिमिटेड, ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ आदिले गुमाएका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सुपरमादी हाइड्रोपावर लिमिटेड आदि परेका छन् ।