Kath khabar
एकैचोटी ह्रवातै घट्यो सुनको मूल्य


                      काठमाडौं,  जेठ २७ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य एकैचोटी ह्रवातै घटेको छ ।

केहि समयदेखि हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज तोलामा रु ४ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा रु एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु ७५ ले घटेको छ । शुक्रबार तोलामा रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय २५ निर्धारण भएको छ ।
---

 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update