Kath khabar
चार अंकले घट्यो नेप्से, पाँच अर्ब १८ करोडको शेयर किनबेच


                     काठमाडौं, जेठ २७ । साताको पहिलो दिन आज आइतबार नेप्से घटेको छ । नेप्से आज चार दशमलव ५९ अंकले घटेर दुई हजार ७३ दशमलव १९ अंकमा सीमित भएको छ । यसैगरी क बर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ पनि दुई दशमलव १५ अंकले घटेर तीन सय ६८ दशमलव १८ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय १३ वटा कम्पनीहरुको ६९ हजार दुई सय १९ पटकको कारोबारमा एक करोड चार लाख ५२ हजार एक सय २८ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार पाँच सय २२ रुपैंयाँ पुगेको छ ।    

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार हुँदा होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादनमूलक र अन्य समुहको सूचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, सामूहिक लगानी कोष र व्यापार समुहको सूचक भने घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज इष्टर्न हाइड्रोपावर लिमिटेड, सिटी होटल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी नेपाल, माईखोला हाइड्रोपावर नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड आदि परेका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update