Kath khabar
रवि लामिछाने विरुद्ध परेको रिटको सुनुवाई सकियो, फैसला आजै आउने

 

                   काठमाडौं, जेठ २८ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गर्दै गरिएको रिटमाथिको सुनुवाइ सकिएको छ । न्यायाधीश मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो । अब अन्तरिम आदेश दिने कि नदिने भन्ने आदेश आजै आउनेछ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै परेको रिटमाथि कारण देखाउ आदेश दिएको थियो । लामिछानेको निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

अधिवक्ता भट्टराईको रिटमा मन्त्री लामिछाने सहकारी ठगी मुद्दामा संलग्न भएकाले गृहमन्त्रीको हैसियतले अनुसन्धानमा प्रभाव पार्ने भन्दै पदबाट हटाउनु पर्ने तर्क गरेका थिए । लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ। महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा कुनै पनि उजुरी नपरेको भन्दै पत्र पठाएपछि अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री र महान्याधिवक्ताविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए।

 

 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update