काठमाडौं, जेठ २८ । नेप्सेमा सुधार आएको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार भने आठ दशमलव ९० अंकले बढेर दुई हजार ८२ दशमलव शून्य नौं अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ८६ अंकले बढेर तीन सय ६९ दशमलव शून्य पाँच अंकमा चढेको छ ।
नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको ७१ हजार नौं सय ४८ पटकको कारोबारमा एक करोड १६ लाख ३४ हजार छ सय १८ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम पाँच अर्ब ४९ करोड छ लाख नौं हजार सात सय ८९ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, जीवन बीमा, होटल तथा पर्यटन, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक घटेका छन् भने विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, उत्पादनमूलक, लघुवित्त र लगानी समुहको सूचक बढेर हरियो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज कुथेली बुखारी स्मल हाइड्रो पावर लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने जानकी फाइनान्स, भगवती हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, युनाइटेड इदीमर्दी हाइड्रो पावर लिमिटेड आदिको बढी रकम कारोबार भएको छ ।