काठमाडौं, जेठ २९ । नेप्सेमा पुरै हरियाली छाएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज मंगलबार ३३ दशमलव १५ अंकले बढेर २१ सय १५ दशमलव २४ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १८ अंकले बढेर तीन सय ७३ दशमलव २३ अंकमा पुग्न सफल भएको छ ।
नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरुको ७४ हजार आठ सय ७७ पटकको कारोबारमा एक करोड २६ लाख ६५ हजार तीन सय २९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कारोबार रकम पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार सात सय ३९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार सहितका सबै समुहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, राधी जलविद्युत कम्पनी, मल्टिपर्पोज फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने सामलिङ पावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था आदिको मूल्य घटेका छन् । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, ग्लोबल आईएमई लघुवित्त वित्तीय आदिको बढी रकम कारोबार भएका छन् ।