Kath khabar
नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द

 

                काठमाडौं, जेठ ३० । आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । अधिक वर्षाका कारण टस समेत हुन नसकी खेल रद्द भएको आइसीसीले जनाएको छ ।

अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट मैदानमा विहानदेखि निरन्तर वर्षाका कारण मैदान भिजेको थियो।

खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने श्रीलंका पहिलो दुई खेलमा दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो । ३ खेलमा १ अंक जोडेको श्रीलंका समूह चरणबाटै बाहिरिने लगभग निश्चित जस्तै भएको छ ।

अब नेपालले शनिबार सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update