Kath khabar
वैवाहिक बलात्कार मुद्दामा पूर्वन्यायाधीश गिरीलाई सातवर्ष कैद


                  काठमाडौं, जेठ ३० । काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
 
न्यायाधीश दुर्गा भुसालको इजलासले आज पूर्वजिल्ला न्यायाधीश गिरीलाई जबरजस्ती करणीमा मुद्दामा सात वर्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको हो । यसअघि सोही अदालतका न्यायाधीश दुर्गा भुसालको इजलासले यही जेठ १३ गते पूर्वन्यायाधीश गिरीलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो । आज अदालतले सजाय र क्षतिपूर्ति निर्धारण गरेको हो ।
 
कपिलवस्तु जिल्ला अदालतमा कार्यरत हुँदा निजविरुद्ध प्रहरीमा जाहेरी परेपछि  निलम्बन गरी उनलाई थुनामा राखिएको थियो ।
–––

 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update