Kath khabar
नेप्सेमा झण्डै सात अंकले वृद्धि


                 काठमाडौं, जेठ ३० । साताको चौथो कारोबार दिन आज बुधबार पनि नेप्से बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार पुन छ दशमलव ३७ अंकले बढेर २१ सय २१ दशमलव ६२ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ६७ अंकले बढेर तीन सय ७४ दशमलव ९१ अंकमा चढेको छ ।

नेप्सेमा आज तीन सय १२ वटा कम्पनीहरुको ७४ हजार आठ सय ५८ पटकको कारोबारमा एक करोड २९ लाख ५० हजार चार सय सात कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार दुई सय ४५ रुपैयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन र व्यापार समुहको सूचक घटेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सूचक बढेर हरियो भएको छ ।  

कारोबार भएका कुल कम्पनीहरु मध्येमा समृद्धि फाइनान्स, कुमारी धनबृद्धि योजना आदिको शेयर मूल्य बढेका छन् भने सयपत्री हाईड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, ग्रीन लाइफ हाइड्रोपावर कम्पनी आदि परेका छन् ।  
 

 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update