Kath khabar
सामुदायिक विद्यालयका सटर बन्द नगराउन काठमाडौं महानगरलाई अदालतको आदेश


                काठमाडौं, जेठ ३१ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई सामुदायिक विद्यालयले भाडामा दिएका सटर बन्द नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश लेखनाथ पौडेलको इजलासले असार ७ सम्मका लागि सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

महानगरका नगर प्रहरीले केही दिनदेखि सामुदायिक विद्यालयले भाडामा लगाएका व्यवसायीका सटरमा ताला लगाउन थालेपछि तुलसीप्रसाद अगस्तिले मङ्गलवार उच्च अदालत पाटनमा रिट रिट दायर गरेका थिए ।

 

 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update