Kath khabar
वित्तीय संस्था विरुद्ध आन्दोलनको घोषणा


                  काठमाडौं, जेठ ३१ । वित्तीय संस्थाविरुद्ध आन्दोलनको घोषणा भएको छ । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले यही असार १६ गतेदेखि वित्तीय संस्थाहरु विरुद्ध पुन देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।

राजधानी काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो आन्दोलनका कार्यक्रमको घोषणा गरिएको हो । समिति अध्यक्ष मनिराम ज्ञवालीका अनुसार लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ गतेदेखि वित्तीय संस्थाहरूको ज्यादती कालोसूची र धितो लिलाम गर्ने गराउने प्रक्रिया रोक्न माग गर्दे आन्दोलनको मोर्चामा होमिने जानकारी दिए । हाम्रो यी मागहरु सम्बोधन नभए असार १६ गतेदेखि वित्तीय संस्थाहरु विरुद्ध देशव्यापी मसाल जुलुससहित विद्रोहमा जाने चेतावनी दिए ।  

 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update