Kath khabar
नेप्सेमा नौं अंकले गिरावट, कारोबार रकम छ अर्ब ४४ करोड नाघ्यो


                काठमाडौं, जेठ ३१ । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने नौ दशमलव ३२ अंकले घटेर २१ सय १२ दशमलव २९ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७२ अंकले घटेर तीन सय ७४ दशमलव १८ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय १३ वटा कम्पनीहरुको ७७ हजार चार सय पटकको कारोबारमा एक करोड ४२ लाख ९४ हजार सात सय १२ पटकको कारोबार भएको छ । जसबाट आज छ अर्ब ४४ करोड ३० लाख २९ हजार दुई सय आठ रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये विकास बैंक र फाइनान्स समुहको सूचक बढेका छन् । यि बाहेक वाणिज्य बैंक, जलबिद्युत, निर्जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक भने घटेर रातै भएका छन् ।  

कारोबार भएका कुल कम्पनीहरु मध्येमा आज समृद्धि फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने मीड सोलु हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल फाइनान्स, समृद्धि फाइनान्स आदि परेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update