Kath khabar
रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को प्रसारण आजदेखि

                    

                   काठमाडौं, जेठ ३२ । गायन रियालिटी शो 'द भ्वाइस किड्स' को तेस्रो सिजन आजदेखि सुरु हुँदैछ । हिमालय टीभीबाट राती ८ बजेदेखि सुरु हुने कार्यक्रम हरेक शुक्रबार र शनिबार प्रसारण हुनेछ । लक्ष्मण पौडेलले निर्देशन गर्दै आएका यस सोको बुधबार वान सिनेमाज हलमा प्रिमियर शो आयोजना गरिएको थियो ।  

यस सिजनमा दुई कोचहरु परिवर्तन भएका छन् । अघिल्लो सिजनमा देखिएका सुशान्त के.सी र प्रविशा अधिकारी यस सिजनमा देखिने छैनन् । यस सिजनमा कोचका रुपमा प्रमोद खरेल, छेवाङ लामा, मिलन नेवार र मेलिना राई देखिनेछन् । छेवाङ लामा र  मेलिना राई यस सिजनमा नयाँ कोचका रुपमा भित्रिएका हुन् । यस सिजनको होस्ट रोनिस्मा श्रेष्ठले गर्नेछिन् ।

‘भ्वाइस अफ नेपाल’मा जस्तै यस सिजनको भ्वाइस किड्समा कोचलाई ब्लकको अधिकार प्रदान गरिने विशेषता थपिएको छ । जसमा कोहि आफूलाई मन पर्ने प्रतिस्पर्धी, जसले अब यो कोचलाई रोज्छ भन्ने लाग्छ भने यस्तो अवस्थामा उक्त कोचलाई ब्लक गर्न सकिन्छ ।

ब्लाइन्ड अडिसनबाट सुरु हुने सो मा ४८ जना प्रतिस्पर्धी छनोट हुनेछन् । सो मा द ब्याटल, लाइभ शो, सेमीफाइनल र फिनाले राउण्ड हुनेछन् । दुई महिना चल्ने यो सिजनको फिनाले साउन ३२ गते हुनेछ । सो मा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाकाले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

गत वर्षको भ्वाइस किड्स सिजन-२ को उपाधि टिम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका स्पन्दन सुब्बाले जितेका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update