Kath khabar
फेरी बढ्यो सुनको भाउ


                  काठमाडौं, असार २  । नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला रु एक हजार ६ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४२ हजार एक सय निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको थियो ।
---

 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update