Kath khabar
१७ अंकले घट्यो नेप्से, होटल तथा पर्यटन बाहेक सबै सूचक रातै


                 काठमाडौं, असार २ । नेप्से दोहोरो अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से १७ दशमलव शून्य चार अंंकले घटेर दुई हजार ९५ दशमलव २५ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव २५ अंकले घटेर तीन सय ७० दशमलव ९३ अंकमा सिमित भएको छ ।

नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको ७१ हजार नौं सय ९७ पटकको कारोबारमा आज एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये होटल तथा पर्यटन समुहको सूचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक भने घटेर रातै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज शिवश्री हाइड्रोपावर लिमिटेड, शुभम् पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड आदिको बढी रकम कारोबार भएका छन् ।  

 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update