टी-२० विश्वकप : नेपालले टस जितेर पहिला फिल्डिङ गर्दैं
काठमाडौं, असार ३ । नेपालले आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा कप्तान रोहित पौडेलले टस जितेका हुन् ।
नेपालले टोलीमा एक परिवर्तन गर्दै करण केसीको ठाउँमा सन्दीप जोहोरालाई प्लेइङ ११ मा समावेश गरेका छन् ।
नेपालको प्लेइङ-११
रोहित पौडेल (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, सोमपाल कामी, अनिलकुमार शाह, ललित राजवंशी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आसिफ शेख र सन्दीप जोरा ।
प्रकाशित मिति: सोमबार, असार ३, २०८१ ०५:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय