Kath khabar
पहिरो पन्छाएपछि मुग्लिन मलेखु खण्ड पुनः सञ्चालनमा


                मुग्लिन, असार ३ ।  पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ ।  मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज विहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

 इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको  जानकारी दिनुभयो ।  राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । (रासस)
–––

 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update