Kath khabar
नेप्सेमा दोहोरो अंकले गिरावट, सबै सूचकहरू घटेर रातै


                  काठमाडौं, असार ४ । नेप्सेमा दोहोरो अंकले घटेको छ । नेप्से आज मंगलबार १८ दशमलव ७६ अंकले घटेर दुई हजार ७६ दशमलव ४९ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७२ अंकले घटेर तीन सय ६७ दशमलव २० अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय १८ वटा कम्पनीहरूको ५८ हजार एक सय १९ पटकको कारोबारमा ९५ लाख ४४ हजार सात सय ३४ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कुल कारोबार रकम चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार आठ सय ८४ रुपैयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक पनि घटेर रातै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज समाज लघुवित्त वित्तीय संस्था, माण्डु हाइड्रोपावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मल हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने बरुण हाइड्रो पावर कम्पनी, सिईडीबी हाइड्रोपावर कम्पनी आदि परेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update