Kath khabar
ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघबिच सम्झौता

काठमाडौं, असार २९ । ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघबिच सहकार्यको लागि सम्झौता भएको छ । महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल फर्निचर तथ फर्निसिङ्ग उद्यमी महासंघका तर्फबाट महासंघका महासचिव ओम बहादुर बस्नेतले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार बैंकले महासंघमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तिय सेवाहरु प्रदान गर्नेछ । साथै ज्योति विकास बैंकले महासंघ अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागु गर्न पनि सहयोग गर्नेछ । व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्राई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् ।

यसका साथै बैंकले आधुनिक बैंकिङ्ग, वित्तिय साक्षरता, उद्यमशीलता विकासका निमित्त महासंघसंगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने भएको छ । बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।  

 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update