संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवानद्वारा गोली प्रहार गरी आत्महत्या
काठमाडौं, असार ५। नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।
संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताउनुभयो । प्रहरी जवान गोेलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उहाँले जानकारी दिनुभयो ।
घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ । –––
प्रकाशित मिति: बुधबार, असार ५, २०८१ १०:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय