Kath khabar
पहिरोले अवरूद्ध भएको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा


                      कमलामाई (सिन्धुली), असार ५। बिहानदेखि अवरूद्ध भएको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ।  ‘एक्स्काभेटर प्रयोग गरी अहिलेलाई एकतर्फी सवारी साधन चल्ने बनाइएको हो ।

पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेका थिए । त्यस्तै गोलञ्जोर–१ कुडुलेमा प्र२–०३–००१ख ७१४४ नम्बरको ट्रक पहिरोले पुरिएको छ, ट्रक पुरेको स्थानमा पनि एक्स्काभेटरले पहिरो पन्छाइरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update