Kath khabar
दुई अंकले बढ्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै


                         काठमाडौं, असार ५ । नेप्से बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार दुई दशमलव २७ अंकले बढेर दुई हजार ७८ दशमलव ७६ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५५ अंकले बढेर तीन सय ६७ दशमलव ७५ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको ४८ हजार सात सय छ पटकको कारोबारमा ७२ लाख नौं हजार सात सय ५७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार छ सय ३२ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार हुँदा विकास बैंक, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष र व्यापार सहितका सात वटा समुहहरुको सूचक घटेका छन् भने वाणिज्य बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, लघुवित्त र अन्य समुहको सूचक बढेर हरियो भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज नेपाल फाइनान्स, उपकार लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेका छन् भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् । नेपाल फाइनान्स, हिमालयन लघुवित्त वित्तीय संस्था, गोर्खाज फाइनान्स आदिको भने बढी रकम कारोबार भएका छन् ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update