Kath khabar
विश्व बैंकद्धारा माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि नयाँ कन्ट्री डाइरेक्टरको घोषणा


                 काठमाडौं, असार ५ । विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ कन्ट्री डाइरेक्टरको घोषणा गरेको छ । विश्व बैंकका अनुसार डेभिड सिस्लेनिस माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकको नयाँ निर्देशकमा नियुक्त भएका हुन् ।

नवनियुक्त निर्देशक सिस्लेनलेफारिस हदाद–जेर्भोसको स्थान लिनेछन्, जसले विश्व बैंकको नयाँ कार्यभार लिनेछन् । उनले केही समयअघि वासिङ्टन डिसीमा रहेको ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा सहरी, विपद् जोखिम व्यवस्थापन र भूमिको अभ्यास प्रबन्धकको कायम गरेका थिए ।

 “म मेरो नयाँ भूमिकाको प्रतीक्षामा छु र हाम्रा सबै शुभचिन्तकहरु र साझेदारहरूसँग चाँडै भेट्नेछु“, सिस्लेनले भने । “मेरो मुख्य प्राथमिकता भनेको गति, दीर्घकालीन रणनीति बनाएर बैंकको सेवालाई प्रभावकारी बनाई  सरकार, विकास साझेदारहरू र सरोकारवाला अन्य निकायहरुसंग नजिकबाट काम गर्नु हो, उनले भने । सिस्लेनले माल्दिभ्स, नेपाल र श्रीलंकामा विश्व बैंकको करिब ४.८ अर्ब डलरको पोर्टफोलियोको निरीक्षण गर्ने छन् ।  

 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update