Kath khabar
६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा भक्तपुरका थप दुई जना पक्राउ


                   काठमाडौं, असार ५ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ ।

भक्तपुर घर भएका अन्दाजी ३२ वर्षीय मनोज श्रेष्ठ र रुपक भण्डारीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । “६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा हाम्रो टोलीले नेपाल भारत सिमाक्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो, उक्त विषयमा थप अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो ।

उक्त सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको प्रवक्ता बोगटीले बताउनुभयो ।

 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update