काठमाडौं, असार ६ । नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार १० दशमलव ४४ अंकले घटेर दुई हजार ६८ दशमलव ३१ अंकमा सीमित भएको हो । सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६९ अंकले घटेर तीन सय ६५ दशमलव शून्य पाँच अंकमा सीमित भएको छ ।
नेप्सेमा आज तीन सय छ वटा कम्पनीहरूको ५३ हजार १७ पटकको कारोबारमा ८६ लाख ६३ हजार छ सय ९९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ८७ करोड सात लाख ४४ हजार ३४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये फाइनान्स र सामूहिक लगानी कोष समुहको सूचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र व्यापार समुहको सूचक घटेका छन् ।
काराबोर भएका कुल कम्पनीहरु मध्ये आज कालिका लघुवित्त वित्तीय संस्था, कुमारी इक्विटी फण्ड आदिको शेयर मूल्य बढेका छन् भने कुथेली बुखारी स्मल हाईड्रोपावर कम्पनी लिमिटेड, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने माउन्टेन इनर्जी नेपाल लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।