Kath khabar
यस्तो छ सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचको मनोनयन


                   काठमाडौं, असार ७ । छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको अवार्डमा २१ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो ।

अवार्डको निर्णायक र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । छैटौं संस्करणको अवार्डमा महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंकले प्रायोजन गरेका छन् ।

यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप- आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएका छन् । सगरमाथा म्युजिक अवार्डको छैटौं संस्करणलाई विशेष बनाउन यस वर्ष विदेशमा गर्न लागिएको कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए । उनका अनुसार थाइल्याण्ड, सिंगापुर र मलेसियामा फरक देशमा फरक कार्यक्रम हुनेछ । थाइल्याण्डमा छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१, सिंगापुरमा सगरमाथा संगीत बहस कार्यक्रम र मलेसियामा सगरमाथा संगीत सम्मान कार्यक्रम हुनेछ । साथै पछि नेपालमा आएर विदेश जान समय नमिलेका कलाकर्मीलाई विशेष कार्यक्रम गरेर अवार्ड तथा सम्मान गरिनेछ ।

छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।  साथै नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने छ । छैटौं संस्करणको आयोजक समितिमा कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा, सनम कठायत, उषा सुवेदी, मुकुन्द बस्नेत र कुशल खत्री रहेका छन् ।

उत्कृष्ट पाँच मनोनयनहरु
१. सर्वोत्कृष्ट राष्ट्रिय भाव
१. रिता केसी- पहराको साइनो
२. निमा शेर्पा- माटोको माया
३. डा. नवि अधिकारी- देश छोड्नेको लर्को
४, गीता पाण्डे- विर नेपाली सेना
५, नारायण नेपाल-तिम्रो हाँसो संगालेर

२) सर्वोत्कृष्ट चलचित्र गीत
१. मुटुको चार आना- उपहार
२. प्रेम शरणम्- पशुपति प्रसाद २
३. क बाट कछुवा- नाइ नभन्नु ल-६
४. बुझिनँ मैले- बोक्सीको घर
५. काले केटाले-  ऐंचो पैंचो

३) सर्वोत्कृष्ट  पप-आधुनिक गायक
१. नारायण थापा- जुन मायाको पुजा गरेँ
२. युवराज चौँलागाई- नझुक्याउ
३. ओम सुनुवार- मायाले सजाउँला
४. सिडी विजय अधिकारी- मन्द मन्द
५. सुरेश लामा-  बाचा भयो

४) सर्वोत्कृष्ट  पप- आधुनिक गायिका
१. मन्जु थापा- मन भित्र मायाको
२. मल्लिका कार्की- गाजले
३. निता आचार्य- चुपचाप
४. अनु देवान- प्रेमको भाषा
५. सन्जना श्रेष्ठ-  सुनौली बिहानी-२

५) सर्वोत्कृष्ट  पप- आधुनिक गीतकार
१. तारा अधिकारी- हे बरै
२. रमेश दाहाल- जति टाले पनि
३. युरेश सिग्देल- हेर्छु तिमीलाई
४. पद्मा लिंखा मगर- मन्द मन्द
५. रोहित घिमिरे- तिम्रो अंगालोमा

६) सर्वोत्कृष्ट पप- आधुनिक संगीतकार
१. सरोज कोइराला- एक चिम्टी सिन्दुर
२. टेकराज ओझा- दिल्ली आग्रा
३. सरोज प्याकुरेल- बरपिपलको जोडी
४. भिम बिसी- बाचा भयो
५. रोशन सिंह- किन मरिनँ म-२

७) सर्वोत्कृष्ट पप- आधुनिक युगल गायन
१. सुरज सिंह/एलिना चौहान- यो मुटु तिमी लिउ
२. अजय अधिकारी/सदिक्षा भुर्तेल- ठुलो जात
३. सिडी विजय अधिकारी/निता आचार्य- गरिदेउ बिदा
४. दिपक चौलागाई/अन्जु पन्त- मलाई मन परेको मान्छे
५. महेश मुखिया सुनुवार / दिपा नारायण झा-  जापानी टाइफन

८) सर्वोत्कृष्ट पप- आधुनिक मोडल पुरुष
१. कमल सिंह- मुना हौ मेरी
२. लक्ष्मण देवकोटा- रातो किताब
३. दिनेश कठायत- ए बेइमानी
४. आश्मन तामाङ- आफ्नै धड्कन
५. सागर खनाल-  म हास्ँदा

९) सर्वोत्कृष्ट पप- आधुनिक  मोडल महिला
१. प्रतिक्षा काफ्ले-  माया गरेउ
२. दिया जि.सी.- कसम होला
३. सोफी धरेल- जीन्दगी त सगैं ज्युने हो
४. एन जेड सालु- बाचा भयो
५. कविता न्यौपाने- तिमी नभए

१०) लोक पप गायन
१. सुमी पराजुली- चुम्पा चपक्कै
२. राजेश बर्देवा- उमेर सत्र भयो
३. शोभा त्रिपाठी-मुगु रारा ताल
४. अन्जु श्रेष्ठ- नहेरन त्यसरी कान्छा
५. बादल थापा- मेरो चोखो मायामा

११) सर्वोत्कृष्ट लोक दोहोरी गायक
१. उद्धव कार्की- फुलको माला
२. हेमन्त रसाइली कान्छा- जाउँ साइली बेनी बजार
३. हरि बिमर्शी- लुकी लुकी
४. राजु सापकोटा- भाग्यमा विछोड
५. शुसिल ज्ञवाली- लजाउँदै लजाउँदै

१२) सर्वोत्कृष्ट लोक दोहोरी गायिका
१. तृष्णा घर्ति मगर- सोल्टीनीको रेशमी केश
२. सिमा थापा- मुस्कानै मिठो छ
३. शान्ती श्री परियार- त्यो मन रुन्छ रुन्न खै
४. सुनिता बुढा क्षेत्री- घाम जस्तो चम्किलो जुन हुँदैन-२
५. देवी घर्ति मगर- तिम्रै हुन पाइनँ

१३) सर्वोत्कृष्ट लोक दोहोरी शब्द
१. डा. शिव सुवेदी- दुःख टर्या छैन
२. सागर बास्तोला- गरिदेउ विदा
३. नेत्र अर्याल- तल्लो बाटो
४. प्रकाश पराजुली- फुलको माला
५. विपिन के.सी.- हामी दाजु भाई

१४) सर्वोत्कृष्ट लोक दोहोरी लय
१. दिपक अधिकारी- रुन्नँ भन्दा भन्दै
२. खेम सेन्चुरी- तल्लो बाटो
३. शम्भु कुँवर- त्यो मन रुन्छ रुन्नँ खै
४. हेमन्त आले- सोल्टीनीको रेशमी केश
५. जय देवकोेटा-बोली र गोली उस्तै हो

१५) सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला
१. स्मारिका ढकाल- गरिदेउ बिदा
२. सजिना लामिछाने-बाध्यता
३. रजनी गुरुङ- ठुली
४. अस्मिता पुरी- फुलमाया
५. रुबिना अधिकारी-  नजर लाग्लानी

१६) सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष
१. पुष्प खड्का-  घुमाउने घर पोखरा
२. सागर लम्साल- पिरैले सुकाउँछ ज्यान
३. पल शाह- नजर लाग्लानी
४. देवेन्द्र बब्लु- ठुली
५. विजय पुन- सोल्टिनीको शिरैमा चन्द्रमा

१७) सर्वोत्कृष्ट म्युजिक भिडियो छाँयाकार
१. नवराज उप्रेती- बाचा भयो
२. दिपक गिरी- जिन्दगी त सगैं
३. दिनेश पराजुली-  यो मुटुको एउटै
४. अजय रेग्मी-  काफल गुलियो
५. दुर्गा पौडेल-  फुलमाया

१८) सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक
१. विरेन्द्र भाट ‘विपिन’- जीवनको रेल
२. अमृत चापागाई- सिन्दुर पोते
३. मनोज कार्की- लुकी लुकी
४. लक्ष्मण चौहान- प्लिज मारिदेउ
५. विकास ज्ञवाली- आफ्नै धड्कन

१९) सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक
१. उमेश गुरुङ- लमजुङको पानी रसिलो
२. अनुप चन्द ठकुरी- सुनचाँदी-२
३. जनक सिंह- गरिदेउ विदा
४. प्रविन थापा- बैमानी लाहुरे
५. मौसम हिमाली- लुकी लुकी

२०) सर्वोत्कृष्ट नव प्रतिभा मोडल
१. मुना भुर्तेल- कास्कीको फेवा ताल
२. सपना आर बम्जन- मिठा मिठा बोली बोल्दै
३. प्रतापमर्दन बस्न्यात- जिन्दगानी छोटो छ
४. श्री नुर - रिमाई
५. खुशी कार्की- चश्मा लगाउली

२१) नव प्रतिभा गायन
१. हसना शाक्य- मुना हौ मेरी
२. आयुष्मान बिष्ट- के यो माया हो
३. सन्त दराई- पछ्यौरी
४. हरी कैनी- के छ मनमा
५. रोम श्रेष्ठ- मलाई तिमी हौ

 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update