Kath khabar
पाँच दशमलव ३७ अंकले घट्यो नेप्से


                    काठमाडौं, असार ९ । नेप्सेमा गिरावट आएको छ । साताको पहिलो दिन आज आइतबार नेप्से पाँच दशमलव ३७ अंकले घटेर दुई हजार ६२ दशमलव ९४ अंकमा सीमित हुँदा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६३ अंकले घटेर तीन सय ६४ दशमलव ४२ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको ६१ हजार पाँच सय १३ पटकको कारोबारमा ९५ लाख ६१ हजार सात सय २७ कित्ता शेयर किनबेच हुँदा आज कुल कुल कारोबार रकम चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार चार सय ५८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर हुँदा फाइनान्स, अन्य र व्यापार समुहको सुचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी,  उत्पादनमूलक, लघुवित्त र सामूहिक लगानी कोष समुहको सूचक घटेर रातै भएका छन् ।  

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज रिलायन्स फाइनान्स, मेलुङखोला जलविद्युत कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पोखरा फाइनान्स, माण्डु हाइड्रोपावर लिमिटेड, नेपाल फाइनान्स आदि परेका छन् ।
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update