Kath khabar
सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ


                 काठमाडौं, असार १० । सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभू चसिडोल बस्ने ३७ वर्षीय विकास राउतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट २०६६ पुस २६ गते उक्त मुद्दामा ५ महिना १५ दिन कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर लुभू चसिडोलबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ ।

 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update