Kath khabar
झिनो अंकले बढ्यो नेप्से, पाँच अर्ब सात करोड भन्दा बढीको शेयर किनबेच


                  काठमाडौं, असार १० । नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार तीन दशमलव २१ अंकले बढेर दुई हजार ६६ दशमलव १६ अंकमा कायम रहेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३९ अंकले बढेर तीन सय ६४ दशमलव ८१ अंकमा कायम रहेको छ ।    

नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरुको ६६ हजार पाँच सय १९ पटकको कारोबारमा एक करोड सात लाख सात हजार आठ सय ७८ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम पाँच अर्ब सात करोड ७२ लाख ५५ हजार एक सय १६ रुपैयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा विकास बैंक, फाइनान्स, जलविद्युत, लघुवित्त, सामूहिक लगानी कोष र अन्य सहितका छ वटा समुहहरूको सूचक बढेका छन भने वाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक र व्यापार समुहको सूचक भने घटेर रातो भएको छ । 

कारोबार भएका कुल कम्पनीहरु मध्येमा आज नेपाल फाइनान्स, मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, गुडविल फाइनान्स लिमिटेड आदि परेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update