Kath khabar
नेप्सेमा पाँच अंकको वृद्धि, चार अर्बको कारोबार


                   काठमाडौं, असार ११ । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज पुन  पाँच दशमलव ६० अंकले बढेर दुई हजार ७१ दशमलव ७७ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव २० अंकले बढेर तीन सय ६५ दशमलव शून्य दुई अङ्कमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज तीन सय १९ वटा कम्पनीहरुको ६० हजार आठ सय ५८ पटकको कारोबारमा ९४ लाख ३५ हजार चार सय ५४ पटक शेयर कारोबार भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब १८ करोड ७७ लाख ९६ हजार आठ सय ३३ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, फाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार समुहको सूचक घटेपनि विकास बैंक, जलविद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त र सामूहिक लगानी कोष समुहको सूचक भने बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज ग्लोबल आईएमई बैंकको ऋणपत्र ८४/८५, मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने साधना लघुवित्त वित्तीय संस्था, गुडविल फाइनान्स आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आरएसडिसी लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड आदि परेका छन् ।  

 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update