Kath khabar
भक्तपुरको दधिकोटमा दुई करोड लुटेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ

                     काठमाडौं, असार ११ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोटका डिल्लीराज राउतको रु दुई करोड लुटपाटमा संलग्न रहेको अभियोमा प्रहरी हबल्दारसहित चारजनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार  ओखलढुङ्गा मानेभन्ज्याङ–३ घर भइ हाल ललितपुरको इमाडोल बस्ने ३५ वर्षीय मुनाराज राई, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का ३१ वर्षीय भीमबहादुर तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ का ३१ वर्षीय सुजन रसाइली तथा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ घर भई हाल नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगञ्ज’ मा कार्यरत ३८ वर्षीय प्रहरी हबल्दार कृष्णबहादुर बोहरालाई पक्राउ गरिएको हो ।

राउतको घरमा गई सिआईबीको प्रहरी हौँ भन्दै प्रहरीको परिचयपत्र र खुकुरी देखाई दराजमा राखेको रु दुई करोड रकम लुटी भिम बहादुरको घर कोठामा गएर ५ जनाले बाँडफाड गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।  

घटनाका मुख्य योजनाकार कुलबहादुर खत्री पीडित डिल्लीबहादुरका आफ्नै मामा हुन् । उनी हाल फरार रहेको प्रहरीले जनाएको छ । मामा कुलबहादुर र भाञ्जा डिल्लीराज म्यानपावर व्यवसायी हुन् । घरमा भान्जाले ठूलो रकम राखेको भन्ने कुरा मामाले थाहा पाएपछि उनले  वैदेशिक रोजगारीका क्रममा चिनेका सुजन रसाइलीलाई सम्पर्क गरेका थिए । सुजन रसाइली यस अघि पनि आपराधिक कार्यहरुमा संलग्न भएको प्रहरीले जनाएको छ ।

 उनीहरूबाट प्रहरीले नगद ३६ लाख ३६ हजार रूपैयाँ, घटनामा प्रयोग भएको बा.प्र.०२–०४० प ५५३८ र बा.प्र.०२–०३३ प ६१७४ नम्बरको मोटरअनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर आरोपितहरूलाई सार्वजनिक गरेको हो ।
–––

 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update