Kath khabar
एसईईको नतिजा भोलि बिहान

 

                      भक्तपुर, असार १२ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि (बिहीबार) बिहान प्रकाशन हुने भएको छ ।

बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको भएपनि प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले बिहीबार सार्वजनिक नतिजा सार्वजनिक गर्न लागेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गरेको छ । भोली बिहान १० बजेभित्रमा नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिएका छन् ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सोमबार सूचना जारी गर्दै एसइई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ ।

परीक्षाको नतिजा सम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर हेर्न सकिने सूचनामा उल्लेख छ । परीक्षा नियन्त्रण कार्यालयले रिजल्ट प्रकाशित गर्नको लागि १० वटा वेबसाइट र पाँच वटा संस्थालाई एसएमएस र आईभीआरबाट रिजल्ट प्रकाशित गर्न अनुमति प्रदान गरेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update