काठमाडौं, असार २९ । टोकियो ओलम्पिक २०२० नेपालको झण्डा पौडीकी गौरिका सिंहले बोक्नु हुनेभएको छ ।
नेपाल ओलम्पिक कमिटीले आजबाट ओलम्पिक यात्रा सुरुभएको घोषणा गरेको कार्यक्रममा, गौरिकाले जापानमा टोकियो ओलम्पिकको मार्चपासमा नेपालको झण्डा बोक्ने बताएको हो । गौरिका सहितपौडीमा एलेक्स शाह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, तथाएथ्लेटिक्समा सरस्वती गरी पाँच खेलाडीले सहभागिता जनाउनु हुनेछ ।
गौरिकाले महिलार्फको १०० मिटर फ्रि स्टाइलमा नेपालको प्रतिनिधीत्व गर्दा पुरुषतर्फ एलेक्स शाहले १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नुहुनेछ । कल्पनाले महिलातर्फ १० मिटर इएर राइफलमा खेल्नुहून्छ भने सोनिया भट्टले ४८ केजीतौल समुहमा जुडोमा प्रतिस्पर्धा गर्नुहुन्छ र सरस्वतीले १०० मिटर दौडमा खेल्नु हुन्छ । पौडीका दुई र एथ्लेटिक्सका एक खेलाडी युनिभस्र्यालिटी प्लेसमा परेकाहुन् भने अन्य खेलाडी वाइल्ड कार्डमाफर्त ओलम्पिकमा सहभागिता जनाउन लागेका हुन् ।
गौरिकाले दोस्रो पटक ओलम्पिकमा सहभागिता जनाउन लाग्नु भएको हो । उहाँले यस अघि २०१६को रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्नुभएको थियो । चार प्रशिक्षक र पाँच खेलाडी सहित २६ सदस्यीय टोली टोकियो ओलम्पिक जानेछ । गौरिका र एलेक्स यस अघि टोकियो पुगेर तयारी गर्न थालिसकेको कमिटीले बताएको छ । सहभागिहुने सबै खेलाडी, प्रशिक्षक तथा अन्य पदाधिकारीलाई कोरोना विरुद्धको दुई डोज खोपदिइसकेको बताइएको छ । नेपाली खेलाडी प्रतियोगिता अघि लगातार सात दिन पिसिआर परिक्षण गराउनु पर्नेछ । ओलम्पिक आगामी जुलाई २३ देखि अगष्ट ८ सम्म हुने तयारी छ ।