Kath khabar
एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने

 

                   काठमाडौं, असार १३ । एसईईमा दुई विषयमा ननग्रेड (एनजी) हुनेले मौका परीक्षा दिन पाउने व्यवस्था छ । मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजा अनुसार यसपालि ११ कक्षा पढ्न नपाउने ग्रेड ल्याएका अर्थात् नन-ग्रेडेड परीक्षार्थीको सङ्ख्या ५२ प्रतिशतभन्दा बढी देखिएको छ । बोर्डका अनुसार २०८० सालको एसईईमा दुई लाख ४२ हजार ३१४ विद्यार्थी फेल अर्थात (एनजी) भएका छन् ।

यो वर्ष पनि गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल (एनजी) भएका छन् । पूरक परीक्षा दिन पाउनेहरूको सङ्ख्या झन्डै एक लाख १६ हजार छ । तीमध्ये एउटा मात्र विषय लागेका ६७,७९६ छन् भने दुई विषय लागेका ४८,०३८ जना छन् । परीक्षामा सहभागी भएकामध्ये झन्डै ४८ प्रतिशत विद्यार्थीले मात्र कक्षा ११ पढ्न पाउने ग्रेड ल्याउन सफल भएका छन्।

एसईईको नतिजा अनुसार सबैभन्दा धेरै सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४१० जना अनुत्तीर्ण भएका छन् । परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी थिए ।

कोशी प्रदेशबाट सहभागी कुल ७५ हजार ९८८ परीक्षार्थीमध्ये ३९ हजार ८९५ जना परीक्षार्थी अनुत्तीर्ण  भएका छन् ।  यसैगरी मधेस प्रदेशबाट कुल ७९ हजार ५९२ परीक्षार्थीमध्ये ४२ हजार २८६ जना, बागमती प्रदेशबाट ९९ हजार ८७२ जना परीक्षार्थीमध्ये ३३ हजार ८४२ जना अनुत्तीर्ण भएका छन् ।

यसैगरी गण्डकी प्रदेशबाट कुल ४० हजार ५२६ जना परीक्षार्थीमध्ये २० हजार २७५ जना, लुम्बिनीबाट ८० हजार ३२७ जना परीक्षार्थी सहभागी भएकामा ४९ हजार २२४ जना फेल भएका छन् । 

कर्णालीबाट ३५ हजार ३४ जना परीक्षार्थीमध्ये २० हजार ३८० जना र सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४१० जना अनुत्तीर्ण भएका छन् । परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी थिए ।

 २०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए।  

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update