Kath khabar
महिला लक्षित सात दिने अचार तथा बेकरी तालिम सम्पन्न

 

                     ललितपुर, असार १३ । ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित ओचुहाइटमा महिला दिदीबहिनीहरूलाई लक्षित गरी सात दिने अचार तथा बेकरी तालिम सम्पन्न भएको छ ।

महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोग र नेपाल संस्कृति संरक्षण समाजको आयोजनामा सम्पन्न भएको उक्त तालिम आषाढ ७ गते देखि १३ गतेसम्म सञ्चालन भएको थियो ।

महानगरका उपमेयर लक्ष्मी महर्जनले वडा नं ४ का महिला दिदीबहिनीहरूलाई लक्षित गरी सीपमूलक तथा व्यवसायमूलक तालिम गराउन निर्णय भए बमोजिम साताव्यापी बेकरी तथा अचार तालिम गराइएको हो । महिला दिदीबहिनीहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्धेश्यले तालिम सञ्चालन गरिएको उपमेयर लक्ष्मी महर्जनले बताउनुभयो ।

महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी महर्जनको प्रमुख आतिथ्यता कार्यक्रम समापन गरिएको थियो । संस्थाकी अध्यक्ष लक्ष्मी ओझा भद्राको सभापतित्वमा सञ्चालन गरिएको कार्यक्रममा सामाजिक विकास संस्थाका शाखा प्रमुख गिरिराज खनाल, संस्थाकी कोषाध्यक्ष निलिमा मास्के र सचिव गमला केसीले अतिथिको आसन ग्रहण गर्नुभएको थियो ।  

उक्त तालिममा प्रशिक्षक निलिमा मास्केले अति सुन्दर तरिकाले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा १ प्रकारको अचार र ५ देखि ६ प्रकारका बेकरी आइटमहरुको तालिम गराइयो ।

तालिम सफलता पूर्वक सम्पन्न गरेकोमा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि उपमेयर लक्ष्मी महर्जनले प्रमाण पत्र हस्तान्तरण गरेर धन्यवाद तथा बधाई दिनुभएको थियो ।

WhatsApp-Image-2024-06-27-at-15.29.02-1719570838.jpeg
WhatsApp-Image-2024-06-27-at-15.39.24(2)-1719486212.jpeg
WhatsApp-Image-2024-06-27-at-15.39.25(2)-1719483686.jpeg
WhatsApp-Image-2024-06-27-at-15.39.25(1)-1719483499.jpeg
WhatsApp-Image-2024-06-26-at-17.34.46-1719483363.jpeg
WhatsApp-Image-2024-06-26-at-17.34.44-1719483273.jpeg
WhatsApp-Image-2024-06-26-at-17.34.54-1719483262.jpeg
WhatsApp-Image-2024-06-26-at-17.37.45-1719483247.jpeg
 


 


 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update