Kath Khabar
सोह्र लाख मात्रा खोप जापानबाट प्राप्त हुँदै

काठमाडौँ, असार २९ ।  जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड-१९ विरुद्धको एस्ट्रा जेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ ।

जापानका विदेशमन्त्री मोतेगी तोसिमित्सुले आज घोषणा गरेअनुरुप नेपाललाई प्राप्त हुने खोप आवश्यक प्रक्रिया पूरा गरेर चाँडोभन्दा चाँडो नेपाल ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापान सरकारको उक्त निर्णयको स्वागत गर्दै मन्त्रालयले कठिन परिस्थितिमा खोप सहायता प्रदान गरेकोमा नेपाल सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गरेको छ ।  (रासस)

 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update