Kath khabar
एन एस बज्राचार्यको गीत ‘जर्मनको रेल’ बजारमा (भिडियोसहित)

 

                     काठमाडौं, असार १७ । 'जर्मनको रेलैमा' एउटा मिठो अनि मन छुने गीत, भर्खरै बजारमा सार्वजनिक भएको छ । विदेश जाने प्रेमी वा प्रेमिका विदेश गएपछि धोका दिने र अरुसँगै जीवन बिताउने प्रवृत्तिलाई यस गीतमा चित्रण गरिएको छ । विदेश गएकी प्रेमीकासँग बिताएका विगतको पलहरु सम्झेर गाएको गीत हो 'जर्मनको रेलैमा' ।

गीतको कथामा प्रेमीकालाई विदेशको भिसा लागेको छ । आफ्नो प्रेमिका चाडै फर्केर आउने आशमा विगतका यादहरुमा दिन बिताईरहेको प्रेमीलाई धोका हुन्छ,  प्रेमीकाको अर्कैसँग विवाह हुन्छ । केहि वर्ष पश्चात अचानक भेट हुँदा उनको साथमा एउटा छोरा पनि हुन्छ । प्रतिक्षा गरेको फल धोका पाउँदा निशब्द देखिन्छन् प्रेमी । हाल समाजमा देखिने विदेशिएका युवा युवतीको यथार्थ पिडालाई यस भिडियोमा वर्णन गरिएको छ  ।

एन एस बज्राचार्यले स्वर दिनुभएको यस गीतमा लाल श्रेष्ठको शब्द तथा संगीत रहेको छ । गीतलाई सावन देव श्रेष्ठले एरेञ्ज गर्नुभएको छ । स्टुडियो रेड लुभूमा रेकर्डिङ गरिएको यो गीतलाई  सावन देव श्रेष्ठले निर्देशन तथा एरेञ्ज गर्नुभएको छ । गीतको शब्द जति मार्मिक छ त्यति नै सुन्दर ढंगबाट अनिश श्रेष्ठ र रिधिमा महर्जनले भिडियोमा फिचरिङ्ग गरेका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update