Kath khabar
नेप्सेमा १६ अंकले वृद्धि, झण्डै तीन अर्बको शेयर किनबेच


                   काठमाडौं, असार १७ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज भने १६ दशमलव २९ अंकले बढेर दुई हजार ५३ दशमलव ३८ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शून्य एक अंकले बढेर तीन सय ६१ दशमलव ७७ अंकमा चढेको छ ।

नेप्सेमा आज तीन सय २३ वटा कम्पनीहरुको ४४ हजार एक सय ६९ पटकको कारोबारमा ७१ लाख ६५ हजार सात सय ३५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा फाइनान्स र उत्पादनमूलक समुहको सूचक घटेपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक बढेर हरियो भएका छन् ।  

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज हिमालयन ऊर्जा विकास कम्पनी, सानिमा बैंकको ऋणपत्र २०८९ आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत कम्पनी आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाईनान्स, जानकी फाइनान्स आदि परेका छन् ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update