Kath khabar
होन्डा कारको मनसुन सर्भिस क्याम्प शुरु, यस्तो छ सुबिधा


                काठमाडौं, असार १७ । होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प शुरु गरेको छ । आईतबारबाट शुरु भएको उक्त क्याम्प २१ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । क्याम्प धोविघाटस्थित होन्डा शोरुममा सञ्चालन भएको हो ।

पाँच दिनसम्म चल्ने उक्त क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एबं स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरिक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निरिक्षण निशुल्क रुपमा गराउन पाउनेछन् । यसैगरी, गाडीको मर्मत सम्भार गराउँदा फेर्नुपर्ने पेयर पार्ट्समा ७ प्रतिशत छुट, लेवर चार्जमा १५ प्रतिशत र लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट पाइनेछ । साथै, डेन्टपेन्टमा १५ प्रतिशत र एसि रिफिलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update