Kath khabar
नेप्सेमा राजनीतिक प्रभाव, ४७ अंकले बढ्दा चार अर्ब ५७ करोडको शेयर किनबेच


                    काठमाडौं, असार १८ । नेप्सेमा राजनीतिक प्रभाव देखिएको छ । अघिल्लो दिन १६ दशमलव २९ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार सत्ता समीकरण परिवर्तन हुने संकेतसँगै ४७ दशमलव शुन्य चार अंकले बढेर २१ सय दशमलव ४३ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ९४ अंकले बढेर तीन सय ७० दशमलव ७१ अंकमा चढेको छ ।

नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ६० हजार सात सय २० पटकको कारोबारमा एक करोड १६ लाख ४५ हजार नौं सय पाँच कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार कुल कारोबार रकम चार अर्ब ५७ करोड ६८ लाख ३१ हजार सात सय २० रुपैंयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार सहितका सबै समुहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।  

कारोबार भएका कुल कम्पनीहरु मध्ये हिमालयन डिस्ट्रिलरी प्रालि, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर लिमिटेड आदिको शेयर मुल्य बढेका छन् भने उपकार लघुवित्त वित्तीय संस्था, हिमालयन ऊर्जा विकास कम्पनी, प्रभु बैंकको ऋणपत्र आदिको शेयर मूल्य घटेका छन् ।

एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, हिमालयन रि इन्स्योरेन्स लिमिटेड आदिको भने आज बढी रकम कारोबार भएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update