Kath khabar
नूनको मूल्य बढ्यो


                 काठमाडौं, असार १८ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ ।

कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
     
समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य रु नौ तोकिएको छ ।
–––

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update